कञ्चनपुर : कञ्चनपुरमा गएराति पराल हाल्ने क्रममा आफ्नै घरमा पालेको राँगाले हान्दा घटनास्थलमै एकजना वृद्धको मृत्यु भएको छ।
मृत्यु हुने पुनर्वास नगरपालिका–२ मोतीबस्तीका स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार “राँगाले हान्दा चौधरी गम्भीर घाइते भएको र तत्कालै घटनास्थलमै मृत्यु भएको खबर छ”, प्रवक्ता थापाले भने, “आज कानुनी प्रक्रिया पूरा गरेर शव आफन्तलाई दाहसंस्कारका लागि दिन्छौँ।”
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।





