Home / Nepal / ललितपुरमा खोला तर्ने क्रममा एक महिलाको मृत्यु एक बालिका बेपत्ता

ललितपुरमा खोला तर्ने क्रममा एक महिलाको मृत्यु एक बालिका बेपत्ता

ललितपुर : दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–६ आश्राङ र नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको ज्यान जानुका साथै एक बालिका बेपत्ता भएकी छिन् ।

तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया महिलाको ज्यान गएको हो। वडा नं ७ का वडाध्यक्ष नवराज सञ्जेलले दिउँसो साढे ४ बजेतिर खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा अन्दाजी आठ वर्षीया बालिका बेपत्ता भएको जानकारी दिए।

स्थानीयवासी उद्धव घिमिरेका अनुसार ज्यान गुमाउनेमा स्थानीय सञ्जु सिङतान छिन् । बेपत्ता भएकी बालिकाको भने अझै परिचय खुल्न सकेको छैन ।

महानगरीय प्रहरी वृत चापागाउँका प्रहरी निरीक्षक राजेन्द्र क्षेत्रीले घटनाको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ लागेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *