काठमाडौं : काठमाडौंको वाग्मती नदीमा हामफालेर पहिचान नखुलेकी एक महिलाले ‘आत्महत्या’ गरेकी छन्।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी मिङ लामाका अनुसार कोटेश्वरको नरेफाँट क्षेत्रबाट ती महिलाले वाग्मतीमा हामफालेकी थिइन्।
उनी सडकमा मागेर जीवन निर्वाह गर्दै आएको महिला भएको बताइएको छ। उनको शव पाटन क्षेत्रमा फेला परेको हो।






