Home / Nepal / कोरोना भाइरसको आशंकामा २ हजार ३६६ जनाको नमुना संकलन गरी परीक्षण

कोरोना भाइरसको आशंकामा २ हजार ३६६ जनाको नमुना संकलन गरी परीक्षण

काठमाडौं । कोरोना भाइरसको आशंकामा २ हजार ३६६ जनाको नमुना संकलन गरी परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना भाइरस आशंकामा हालसम्म एक हजार ९ सय ६५ जना परीक्षण गरिएको बताए ।

उनले काठमाडौ बाहिर चार सय एक जनाको नमुना संकलन गरेर परीक्षण गरिएको जानकारी दिए ।

“बुधबारसम्म देशैभरका अस्पतालका आइसोलेसनमा १३४ जना उपचाररत रहेका छन्,” उनले भने “हिजो बेलुकासम्म कैलाली र कञ्चनपुरमा १९८ जनाको ¥यापिट टेस्टकिट र पीसीआर मेसिनबाट गरिने स्वाब संकलन गरिएको छ ।”

देशैभरका क्वारेन्टाइनमा ८ हजार ५ सय ८० जना रहेका उनले जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *