एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको चौथो खेलमा जित निकालेको छ । सन्दीपको टिम जमैकाले गुयाना एमेजन वारियार्सलाई पाँच विकेटले पराजित गरेको छ ।
आजको खेलमा सन्दीपले कसिलो बलिङ गरेका थिए । चार ओभर बलिङ गरेका सन्दीपले मात्र १२ रन खर्चेर १ विकेट हात पारे । सन्दीपले सीपीएलको चार खेलमा पाँच विकेट हात पारिसकेका छन् ।
गुयानाले प्रस्तुत गरेको १०९ रनको लक्ष्य जमैकाले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । जमैकाको जितमा क्रुमा बोनरले सर्वाधिक ३० रनको योगदान दिए । रसेलले नटआउट २३ रन जोडे । गुयानाका नविन उल हकले दई तथा इमरान ताहिर, अस्मिड नेड र किमो पलले एक–एक विकेट हात पारे ।






