Home / Society / एसइइको आन्तरिक मूल्याकंनमा प्रधानाध्यापकले मनोमानी गरेको भन्दै बिधालयमा ताला

एसइइको आन्तरिक मूल्याकंनमा प्रधानाध्यापकले मनोमानी गरेको भन्दै बिधालयमा ताला

जनकपुरधाम: धनुषा जिल्लाको बटेश्वर गाउँपालिका -२ धुमासनस्थित श्री जन प्रिय माध्यमिक विद्यालयमा शक्ति र पहुँचको आधारमा मार्क दिएको भन्दै तालाबन्दी गरिएको छ।

विद्यार्थीलाई एसईईमा कम मार्क दिएको भन्दै आफन्तजनले तालाबन्दी गरेका छन।

आन्तरिक मुल्यांकन गरेर एसईईको मार्क पठाउनु पर्नेमा विद्यालयले मनमानी ढङ्गले शक्ति तथा पहुचको भरमा मार्क दिएर पठाएको पीडित अभिवाभक तथा स्थानीयवासीहरुको आरोप छ।

श्री जन प्रिय माध्यमिक विद्यालयमा अध्यनरत धनुषा बटेश्वर- २ का विद्यार्थी नरेश महतोले पछिल्लो टेस्ट परीक्षामा ए प्लस ल्याई उत्तीर्ण भएका थिए तर, विद्यालयमा पहुच कम्ती भएकै कारण एसइइमा नरेशको बी प्लस नतिजा आएको उनको हजुरबुवा भोला महतोको आरोप छ।

राजनीतिक चलखेल र पहुँचका भरमा प्रधानाध्यापकले शक्तिको चरम दुरुपयोग गरेको पीडित बिद्यार्थीको आरोप छ। प्रधानाध्यापक र केहि स्वार्थ समुहको कारण विद्यार्थीको जीवन संग खेलवाड भएको आएको स्थानीय राजेश महतोले बताए।

एउटै तहका बिद्यार्थीलाइ समेत पहुँचका आधारमा फरक-फरक नतिजा दिएर बिद्यार्थीको भबिस्यमाथीनै प्रहार गरेको पिडित बिद्यार्थीको आरोप छ।

यस सम्बन्धमा कुरा गर्न खोज्दा प्रधानाध्यापक राजकुमार राउत र बिधालय संचालक समितिका अध्यक्ष योगेद्र महतो सम्पर्कमा आउन नचाहेको जनकपुरबाट हाम्रा सहकर्मीले जनाएका छन।

कोरोना माहामारीले गर्दा चैत ६ गते देखि हुने एसईई परीक्षा एक दिन अगाडि स्थगित भएकोले सरकारले आन्तरिक मुल्यांकनका आधारमा विद्यालयलाई नतिजा दिन भनेकोमा धेरै सरकारी बिधालयमा पहुँचका आधारमा मुल्यांकन गरिएका घटनाहरूको सार्बजनिक भइरहेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *