Home / Nepal / सेयर बजार तेस्रो दिन पनि बढ्यो, करिब १ अर्ब ८६ करोडको कारोबार

सेयर बजार तेस्रो दिन पनि बढ्यो, करिब १ अर्ब ८६ करोडको कारोबार

काठमाडौं । यो साता लगातार तेस्रो दिन पनि सेयर बजार परिसूचक नेप्से बढेको छ । साताको पहिलो र दोस्रो दिन दोहोरो अंकले बढेको नेप्से तेस्रो दिन मंगलबार भने एकल अंकले बढेको छ । 

काठमाडौं  उपत्यकालगायत अघिकांश ठूला सहरमा जारी निषेधाज्ञाका बाबजुत पनि सेयर बजारमा भने उत्साह देखिएको छ । गत साताबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु हुँदा समेत सेयर बजारमा लगानीकर्ताको मनोबल नखस्किँदा सेयर बजारमा उत्साह देखिएको छ । गत आर्थिक वर्षको मुनाफाबाट संगठित संस्थाहरुले लाभांश घोषणा सुरु गर्दा समेत सेयर बजारमा उत्साह देखिएको हो । 

कोभिड १९ ले गर्दा बैंक तथा वित्तीय संस्थाहरुको लाभांश बाँड्न नसक्ने पुर्वानुमान विपरीत अघिल्लो वर्षको तुलनामा केही ह्रास भए पनि बैंक तथा वित्तीय संस्थाहहरुले बोनस सेयर वितरण गर्नसक्ने देखिँदा पनि सेयर बजारमा उत्साह देखिएको हो । यसका साथै सेयर बजारका लगानीकर्ताले नरुचाएका अर्थमन्त्री बाहिरने मिति नजिक आउँदै गर्दा पनि लगानीकर्ताले बजारमा लगानी बढएका छन् । जसले गर्दा बजारमा खरिद चाप बढेको छ । अर्कोतर्फ लकडाउन पछि केही समय सुचारु भएको व्यापार व्यवसाय बन्द हुँदा लगानीको विकल्पको रुपमा सेयर बजार देखिँदा बजार परिसूचक सँगै कारोबार रकम पनि उल्लेख्य देखिएको छ ।  

मंगबार बजार परिसूचक नेप्से ९.३४ अंकले वृद्धि भएर १४४०.९४ अंकमा बन्द भएको छ । मंगलबार बजारमा १८९ कम्पनीको ३९ लाख ४० हजार ६९१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८५ करोड ५१ लाख ८१ हजार  रुपैयाँको कारोबार भएको छ । 

बजार खुलेसँगै बढ्न सुरु भएको नेप्से मो केही उतारचढाव देखिएपनि अन्तमा बढेर बन्द भएको हो । नेप्सेले आज ११ बजेर ४३ मिनेटमा मंगलबारको न्युन बिन्दु १४२७.८७ अंकसम्म झरेको थियो भने आजको उच्च बिन्दुमा पुगेर बन्द भएको छ । 

लगानीकर्ता मंगबार नेपाल पुनर्बिमा कम्पनीमा झुमीएका छन् । कम्पनीको सेयर आइतबार २८ करोड ७४ लाख ६ हजार रुपैयाँको किनबेच भएको छ । यस्तै नेको इन्स्योरेन्स,सुर्या लाइफ, नेपाल लाइफ इन्स्योरेन्स, र एशियन लाइफ इन्स्यारेन्स धेरै कारोबार हुने शिर्ष ५ कम्पनीमा अटाएका छन् । 

नेप्सेमा कारोबार भएकामध्ये मंगलबार नेपाल पुनर्बिमा कम्पनीका लगानीकर्ताले सवार्धिक ७.६९ प्रतिशतले कमाएका छन् । सर्वाधिक कमाउने ५ कम्पनीमा आ लघुवित्त, सुर्या लाइफ इन्स्योरेन्स, पञ्चकन्यामाइ हाइड्रोपावर र प्राइम लाइफ इन्स्योरेनसका लगानीर्ता रहेका छन् । 

यस्तै सर्वाधिक गुमाउने शिर्ष ५ कम्पनीमा समृद्धि फाइनान्स, युनियन हाइड्रोपावर, नेशनल हाइड्रोपावर, पोखरा फाइनान्स र राधि विद्युत कम्पनीका लगानीकर्ता रहेका छन् । नेप्सेमा मंगलबार व्यापार, उत्पादन र म्युचुअल फण्ड बाहेकका सबै समूहको उपसूचक बढेको छ । अन्य समूहको उपसूचक सर्वाधिक २.२ जीवन बिमा  समूहको उपसूचक १.७१ प्रतिशतले बढेको छ । यस्तै बजारलाई लिड गर्ने बैंकिङ समूहको उपसूचक ०.१६ प्रतिशतले बढेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *