Home / Nepal / News / कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९५ पुग्यो

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९५ पुग्यो

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार थप चारजनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको हो ।

महोत्तरीको मटिहानीका ४५ वर्षीय पुरुषको साउन २५ गते रामजानकाी अस्पतालमा मृत्यु भएपछि कोरोना पुष्टि भएको हो । 

धनुषाको मिथिला- ७ ८५ वर्षीया महिलाको साउन २८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । 

अछाम रामारोशन गाउँपालिकाका १८ वर्षीय किशोरको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा मृत्यु भएको छ । 

त्यसैगरी मोरङको विराटनगर महानगरपालिका- ३ का ५७ वर्षीय पुरुषको साउन २८ गते कोसी अस्पतालमा मृत्यु भएको छ । 
 

प्रदेश अनुसार मृत्यु हुनेको संख्या  प्रदेश १ मा ८ पुरुष, प्रदेश २ मा २८ पुरुष र  ११ महिला, वागमती प्रदेशमा १३ पुरुष र ५ महिला, गण्डकी प्रदेशमा ६ पुरुष, प्रदेश ५ मा ९ पुरुष ३ महिला, कर्णाली प्रदेशमा ४ पुरुष र सुदूरपश्‍चिम प्रदेशमा ५ पुरुष र तीन महिला रहेका छन् ।

बुधबार थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । बुधबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *