काठमाडौँ: कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले हाल जारी गर्दै आएको सवारी पास बन्द गर्ने निर्णय गरेको छ।
भोलिदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि सवारी पास बन्द गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ।
गृह मन्त्रालयका अनुसार कोरोनाको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सवारी पास बन्द गरेको जनाएको छ।
हाल एक जिल्लाबाट अर्काे जिल्लामा जान सवारी पास लिनु पर्ने व्यवस्था छ भने बुधबार मात्रै काठमाडाैँ उपत्यकामा १ सय ३८ जना सहित देशभर ४ सय ८४ कोरोना संक्रमित थपिएका संगै गृहले यस्तो निर्णय लिएको हो।
हाल सम्म नेपालमा कोरोना संक्रमीतको संख्या २४ हजार ४ सय ३२ पुगेको छ।






