काठमाडौं: सरकारले भदौ १ गते देखि संचालन गर्ने भनिएको अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा रोक लगाउने निर्णय गरेको छ।
कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि सरकारले यसअघिको निर्णय पुनर्विचार गर्दै उडान नखोल्ने निर्णय गरेको हो ।
यसै गरु मन्त्रिपरिषद् बैठकले सीमा नाका र उपत्यका प्रवेशमा थप कडाई गर्ने निर्णय गरेको छ।
नाकाबाट उपत्यकामा मान्छे घुस्दा कोरोना बढेको ठहर गर्दै उपत्यका प्रवेशमा थप कठोर बनेको हो।






