काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ कोरोना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौं जिल्लामा मात्र ५६ संक्रमित थपिएका छन् ।
ललितपुर र भक्तपुरमा ३/३ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार नेपालमा ३७८ कोरोना संक्रमित थपिएका छन् ।
यस्तै ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।






