Home / Society / समाजबादी पर्टीबाट निर्बाचित वडा अध्यक्ष बलात्कारको अभियोगमा पक्राउ

समाजबादी पर्टीबाट निर्बाचित वडा अध्यक्ष बलात्कारको अभियोगमा पक्राउ


गोरखा: गोरखाको पालुङटार नगरपालिका–४ का वडाअध्यक्ष बलात्कार आरोपमा पक्राउ परेका छन् ।
वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले आज बेलुकी ७ बजे तिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ।

रानाभाट तत्कालीन नयाँ शक्ति (हाल जनता समाजवादी) पार्टीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
पीडित बालिका र उनकी आमाको उजुरीको आधारमा पक्राउ गरिएको जनाएको छ।

उनलाई हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ ।

यसैबीच जनता समाजवादी पार्टीको पालुङटार नगर समितिले अनुसन्धान प्रकृयालाई सहज बनाउनका निम्ति रानाभाटलाई तत्कालका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *