Home / Nepal / कोरोना कोषमा आयल निगमको ५० करोड सहयोग

कोरोना कोषमा आयल निगमको ५० करोड सहयोग

काठमाडौं । नेपाल आयल निगमले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ ।

निगमको सञ्चालक समितिले विश्वव्यापी महामारीको विपत्सँग लड्न सरकारले खडा गरेको कोषमा सो रकम बराबरको सहयोग गर्ने निर्णय गरेको हो ।

निगमले ५० करोड रुपैयाँ बराबरको चेक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *