Home / Nepal / News / कोरोना महामारीकाबीच अमेरिकामा बन्दुकको बिक्री बढ्यो

कोरोना महामारीकाबीच अमेरिकामा बन्दुकको बिक्री बढ्यो


वसिङ्‌टन । नोभेल कोरोना भाइरसको पछिल्लो इपिसेन्टर बनेको अमेरिकामा बन्दुकको बिक्री बढेको संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले जनाएको छ ।

एफबीआईका अनुसार व्यक्तिगत सुरक्षाका अस्त्र किन्‍नेको संख्यामा विगतका महिनाभन्दा ४१ प्रतिशतले बढेको छ । 

एफबीआईले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार मार्चमा मात्र ३७ लाख बन्दुक किनबेच भएका छन् । सन् १९९८ मा स्थापना भएको एफबीआईको नेसनल इन्स्टान्ट ब्याकग्राउन्ट चेक सिस्टम (एनआईसीएस) ले अहिलेसम्मकै एक महिनामा किनबेच यो सबभन्दा ठूलो तथ्यांक भएको जनाएको छ । 

अमेरिकाको इलियोनिस राज्यमा सबभन्दा बढी बन्दुक किनबेच भएका छन् । इलियोनिस राज्यमा करिब पाँच लाख बन्दुक किनबेच भएका छन् । त्यसैगरी क्रमश: टेक्सास, केन्टुकी, फ्लोरिडा र क्यालिफोर्नियामा बन्दुक किनबेच भएका छन् । 

अमेरिकी कानुन अनुसार बन्दुक बिक्री गर्न लाइसेन्स लिएका डिलरहरुले हरेक खरिदकर्ताले स्टोर गर्न अथवा देखाउन बन्दुक किनेका रहेछन् भन्‍ने जाँच गर्नुपर्छ । 

अनुसन्धानका अनुसार संकटका समयमा मानिस त्रसित हुने, झोंकिने, अलमलमा हुने र आफू सहयोगविहीन भएको महसुस गर्छ । अहिले बन्दुक धेरै किन्‍नुको मुख्य कारण पनि मानिसले आफूलाई असहाय महसुस गरेको सीएनएन कानुन विश्लेषकले बताए । – सीएनएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *