Home / Nepal / News / काठमाडौंमा प्रहरीकै घरमा लुकाएको अवस्थामा सुनजस्तो देखिने एक किलो धातु भेटियो

काठमाडौंमा प्रहरीकै घरमा लुकाएको अवस्थामा सुनजस्तो देखिने एक किलो धातु भेटियो

काठमाडौं । काठमाडौंमा प्रहरी जवान प्रशन्न श्रेष्ठले लुकाएको अवस्थामा सुनजस्तो देखिने एक किलो धातु बरामद भएको छ । 

बरामद भएको धातु सुन हो वा होइन परीक्षणका क्रममा छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी सुशीलकुमार यादवले धातु भेटिएको तर सुन हो वा होइन यकिन नभएको बताए ।

मंगलबार बरामद भएको साढे १४ किलो नक्कली सुनको अनुसन्धानका क्रममा थप एककिलो धातु फेला परेको हो । श्रेष्ठ सादा पोसाकका प्रहरी हुन् ।

मंगलबार बरामद भएको भनिएको नक्कली सुन र हतियारबारेको सूचना बहादुरसिंह कडायत र प्रशन्न श्रेष्ठले नै महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपीलाई दिएका थिए ।
 

प्रतिकात्मक तस्बिर ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *