विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा बुधबार थप चार जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशभर बुधबार नयाँ संक्रमित हुनेको संख्या नौ रहेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार मोरङ ८ र सुनसरीमा एक जनामा संक्रमण देखिएको हो ।
विराटनगरमा ३ पुरुष, एक महिला, मिक्लाजुङमा २ पुरुष, सुनवर्षीमा एक पुरुष, रंगेलीमा एक महिला र सुनसरीको धरानमा एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताए ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ७५ पुगेको छ । प्रदेश १ मा आज ८ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
पीसीआर परीक्षण गरिएका मध्ये २ महिला र ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा.मेहताले जानकारी दिए ।
प्रदेश १ मा कूल ४१ हजार ७ सय १० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।






