काठमाडौं । राफेल लडाकू विमान आज भारतीय वायुसेनामा प्रवेश गरेका छन।
फ्रान्सबाट खरिद गरिएका ३६ वटा लडाकु विमान मध्ये पाँच वटा राफेल लडाकू विमान भारतीय वायुसीमामा आईपुगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन।
युएईबाट आज उडान भरेका भारत ल्याइएका उक्त राफेल विमानले सीमावर्ती क्षेत्रबाट सजिलै शत्रुलाई निशाना बनाउन सक्ने बुझिएको छ।
यसैलाइ मध्यनजर गर्दै सुरक्षा ब्यवस्था कडा गरिएको भारतीय संचार माधमले जनाएका छन।






