Home / Politics / प्रचण्डलाई फेरि अर्को झड्काः बादल, टोपबहादुर र भट्टले छोडे साथ

प्रचण्डलाई फेरि अर्को झड्काः बादल, टोपबहादुर र भट्टले छोडे साथ

काठमाडौं । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व माओवादी समुहका नेताहरुले नै साथ छोडेका छन् ।

मंगलबार ओलीइतरका नेताहरुको सहभागीतामा बसेको नेकपाको स्थायी कमिटी बैठकमा सचिवालय सदस्य राम बहादुर थापा, स्थायी समिति सदस्य टोपबहादुर रायमाझी र लेखरा भट्ट सहभागी भएनन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा २ जना आमन्त्रितसहित ३१ जना स्थायी कमिटी सदस्य सहभागी थिए ।

नेकपा स्थायी कमिटीमा अहिले ४४ जना सदस्य छन् । तर बैठकमा प्रचण्ड निकट मानिने केहि नेताहरु भने सहभागी भएनन् ।

बैठकमा रामबहादुर थापा, टोप बहादुर रायमाझी , लेखराज भट्ट र मणी थापा सहभागी भएनन् ।

अध्यक्ष ओली पक्ष नेताहरुले उक्त बैठकलाई प्रचण्ड, मााधव नेपाल र झलनाथ खनाल गुटको भेला भनेपनि प्रवक्ता श्रेष्ठले भने यसअघि तोकिएको बैठककै निरन्तरता भएको बताएका छन् ।

बैठकको पहिलो लहरमा प्रचण्ड, खनाल, नेपाल र वामदेव गौतम बसेका थिए ।

प्रचण्ड र खनालको कुर्सीकोबीचमा रहेको ओलीको कुर्सी भने खाली थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *