Home / Society / बनारसमा कपाल मुन्डनको घटनाको बारेमा युपी प्रहरीले के के ग¥यो ?

बनारसमा कपाल मुन्डनको घटनाको बारेमा युपी प्रहरीले के के ग¥यो ?

काठमाडौं । भारतको उत्तर प्रदेशमा पर्ने बनारसमा एक युवकको कपाल मुन्डन गरेर ‘जय श्रीराम लेख्ने’ र नेपालविरुद्ध जबरजस्ती नारा लगाउन लगाएको घटनामा संलग्न चारजना पक्राउ परेका छन् ।

घटनापछि पाँच जनाविरुद्ध बनारसको भेलुपुर थाना (प्रहरी चौकी) मा एफआईआर (उजुरी) दर्ता भएको छ । त्यहाँका वरिष्ठ प्रहरी अधीक्षक अमित पाठकले बीबीसीसँग घटनाको अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउन तत्काल कदम अघि बढाएको बताएका छन् ।

पाठक भन्छनु, “सोशल मिडियामाबाट यो घटनाका बारेमा थाहा भएको थियो । हामप्ले तत्काल सुसंगत धाराअन्तर्गत एफआईआर दर्ता गरेका थियौं । भिडियो बनाउने काममा संलग्न चार जनालाई पक्राउ गरेका छौं । अनुसन्धानका क्रममा अरुण पाठक नाम गरेको व्यक्तिले यो सबै गरेको खुलेको छ । अरुणले नै भिडियो सोशल मिडिया राखेको देखिएको छ । हामी उनलाई पनि छिट्टै पक्राउ गर्छौं ।”

के हो घटना ?

बनारसमा रहँदै आएका एक नेपाली नागरिकलाई केही भारतीय नागरिकले गंगा नदी किनारा बुधवार जबरजस्ती कपाल मुन्डन गर्न लगाएको भए पनि उनी नेपाली नभएको खुल्न आएको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनीहरुले ती नेपाली युवकको मुन्डन गरिएको शीरमा ‘जय श्रीराम’ लिखेर नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गराएका थिए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *