Home / Nepal / उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले आज आफ्नो प्यानल सार्वजनिक गर्दै

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले आज आफ्नो प्यानल सार्वजनिक गर्दै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका चन्द्र ढकालले आफ्नो टिम (प्यानल) सार्वजनिक गर्न लागेका छन् । महासंघको चुनावी साधारणसभा आगामी साउन २६ र २७ गते काठमाडौंमा हुँदै छ ।

ढकालको प्यालनबाट जिल्ला-नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघई छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल र किशोर प्रधानबीच प्रतिस्पर्धा हुनेछ । प्रधानले पनि आफ्नो प्यानल बनाएका छन् तर औपचारिक रुपमा घोषणा गरिसकेका छैनन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *