Home / Society / सर्लाहीमा पाँच हजार घुस लिने असई पक्राउ

सर्लाहीमा पाँच हजार घुस लिने असई पक्राउ

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१४, श्रीनगरस्थित प्रहरी चौकी गौरीशङ्करका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असई) राम विश्वास राय यादव पाँच हजार रुपियाँ घुस रकमसहित पक्राउ परेका छन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले असई यादवलाई मङ्गलबार दिउँसो कार्यालयबाटै घुस लिएको रकमसहित रङ्गेहात पक्राउ गरेको हो ।

असई यादवले नियन्त्रणमा लिएको कागजात नभएको भारतीय नं. प्लेटको मोटरसाइकल छुटाइदिने प्रयोजनमा घुस लिएको अख्तियारले जनाएको छ ।


यादवलाई थप अनुसन्धानका लागि मङ्गलबार अपरान्ह अख्तियारको बर्दिबास कार्यालय लगिएको छ । स्थानीय वासिन्दाले असई यादवले विभिन्न प्रयोजनमा घुस मागेर हैरान पार्ने गरेको गुनासो गर्दै आएका थिए ।


सर्लाहीमा यसअघि यही असार ९ गते चार हजार रुपियाँ घुस रकमसहित हरिपुर नगरपालिकाका लेखा अधिकृत र लेखापाल पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *