Home / Nepal / News / कोरोना सन्क्रमित नेपाल एयरलाइन्सका तीन पाइलटसहित १४ जनालाई होटल क्‍वारेन्टिनमा राखियो

कोरोना सन्क्रमित नेपाल एयरलाइन्सका तीन पाइलटसहित १४ जनालाई होटल क्‍वारेन्टिनमा राखियो

काठमाडौं । नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । 

निगम स्रोतका अनुसार तीन पाइलट र ११ क्रू मेम्बरलाई कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएका पाइलट तथा क्रू मेम्बरलाई होटल क्‍वारेन्टिनमा राखिएको निगम स्रोतको भनाइ छ ।

विदेशका विभिन्‍न स्थानमा अलपत्र परेका नेपालीलाई स्वदेशमा ल्याउन चार्टर्ड उडानमा खटिएका पाइलट र क्रू मेम्बरलाई कोरोना देखिएको निगम स्रोतले जानकारी दियो । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *