काठमाडौं । नेपालमा कोरोना भाइरसका थप एक संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा म्याग्दीको धौलागिरी नगरपालिका-४ स्थायी ठेगाना भएका ४९ दिनका एक शिशु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।
ती शिशुको असार १७ गते साँझ त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
असार ९ गते शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । शिशुलाई लामो समयदेखि आइसोलेसनमा राखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
यससँगै देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।






