काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँ कायम हो ।
महासंघका अनुसार नेपाली बजारमा आज सुन प्रतितोला सात सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ ।
हिजो भने प्रतितोला ५ सय रुपैयाँ बढ्दै छापावाल सुनको मूल्य ९१ हजार ७ सयमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला ७ सय रुपैयाँले घटेर ९० हजार ५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा प्रतितोला १० रुपैयाँले बढेर कारोबार भइरहेको छ । हिजो (बुधबार) प्रतितोला ९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज भने प्रतितोला ९ सय ५० मा झरेको हो ।






