काठमाडौं । नेपालका विभिन्न २५ जिल्लाका ८२ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । जसमा २ महिला र ८० पुरुष छन् । ४५ जना डिस्चार्ज भइसकेका छन् ।
प्रहरीमा पनि संक्रमितको संख्या बढ्दै गएको र स्वास्थ्य सतर्कता अपनाएर काम गरिरहेको प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले जानकारी दिए ।
संक्रमित प्रहरीमा कपिलवस्तुका ६, गुल्मीका १, प्यूठानका २, दाङका २, बागलुङका १, बाराका ७, धनकुटाका २, बाँकेका १, धनुषाका १०, सप्तरीका ४, सिरहाका ३, सर्लाहीका २, तनहुँका २, रौतहटका ४ छन् ।
यस्तै महोत्तरीका २, जुम्लाका २, डोल्पा २ जाजरकोटका १, सुर्खेतका ५, दैलेखका ९, कञ्चनपुरका ३, अछामका १, बाजुराका ३, काठमाडौंका ६ र भक्तपुरका १ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार ५० जना प्रहरी क्वारेन्टिनमा छन् ।






