Home / Nepal / News / आज असार १५, दही चिउरा खाने दिन

आज असार १५, दही चिउरा खाने दिन

काठमाडौँ । असारे रोपाइँमा सरिक हुने वा नहुुने सबैले दही चिउरा खाएर असार १५ मनाउँदै छन् । यो दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ ।

मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ । किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने पुरानो प्रचलन छ ।


वैद्यराज सुवर्ण वैद्यकाअनुसार दही र चिउराले शरीरमा ऊर्जा र शीतलता प्रदान गर्नुका साथै दही पाचन प्रणालीका लागि निकै राम्रो खाद्य पदार्थ भएकाले अरू बेला पनि दही खानु स्वास्थ्यवद्र्धक हुने उहाँ बताउनुहुन्छ ।

सरकारले २०६२ सालदेखि यो दिनलाई धान दिवसका रूपमा मनाउन थालेको छ ।  

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *