Home / Nepal / अष्ट्रेलियामा ८५ वर्षिया वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली विद्यार्थी पक्राउ

अष्ट्रेलियामा ८५ वर्षिया वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली विद्यार्थी पक्राउ

सिडनी । अष्ट्रेलियामा एक ८५ वर्षिया वृद्धालाई ठगी गरेको आरोपमा दुईजना नेपाली विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा मोरङ विराटनगर घर भएका २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुस भट्टराई रहेको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ ।

उनीहरुलाई उजुरीको आधारमा पश्चिमी सिड्नीबाट पक्राउ गरिएको हो ।


पक्राउ परेका दुईजनालाई अनाधिकृत रुपले पैसा असुल गरेको अभियोगमा पाँचौं तह र जानाजान आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो तहको मुद्दा लगाएको छ ।

उनीहरुलाई ग्रानभिले पुलिस स्टेसनमा राखिएको छ। अस्ट्रेलियाको प्रहरीको वेबसाइटका अनुसार ती वृद्धा महिलालाई उनीहरुले बैंकबाट फोन गरेको भनेर ठगेका थिए।

नयाँ अकाउन्ट खोल्नुपर्ने भन्दै उनीहरुले डिपोजिटका लागि ३ हजार डलर र पछि ५ हजार डलर मागेका थिए।

ठगी गर्ने दुवैलाई मंगलबार स्थानीय अदालतमा उपस्थित गराइएको छ। उनीहरुलाई अदालतले जमानतमा नछाडेको बताइएको छ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *