Home / Nepal / कतारबाट २० शव ल्याइयो, अहिले सम्म १९२ नेपाली घर फर्किए

कतारबाट २० शव ल्याइयो, अहिले सम्म १९२ नेपाली घर फर्किए

काठमाडौं । पहिले चरण अन्तर्गत कतारको दोहाबाट १४९ जना नेपाली स्वदेश आइपुगेका छन् । नेपाल एयरलाइन्सको चार्टर्ड उडान नम्बर आर ए २३९२ मार्फत १४९ जना नेपाली स्वदेश फर्किएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

यसअघि आममाफी पाएका ४३ जना र २० वटा शव कतार सरकारले नेपाल पठाइसकेको छ । यो सगै अहिले सम्म १९२ नेपाली घर फर्किएका छन् ।

जसमध्ये तीन नाबालक, २९ सुत्केरी गर्भवतीसहित ८२ महिला र ६४ पुरुष रहेको दूतावासले जनाएको छ । अर्को उडान सोमबार र बुधबार हिमालय एयरलाइन्समार्फत हुने दूतावासले जनाएको छ ।

दूतावासका अनुसार सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा पहिलो चरणमा नेपाल फर्किनैपर्ने नेपालीको सङ्ख्या पाँच हजार ११२ जनाको नाम सार्वजनिक गरेको छ ।

उक्त सूचीमध्ये प्राथमिकतामा पर्ने नागरिकलाई दूतावासले सूचनामार्फत वा प्रत्यक्ष रूपमा आफैँ सम्पर्क गर्ने गरेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *