Home / World News / लकडाउन खुलेपछि ब्राजिलमा कोरोना नियन्त्रण बाहिर, एकै दिन ५५ हजार संक्रमित थपिए

लकडाउन खुलेपछि ब्राजिलमा कोरोना नियन्त्रण बाहिर, एकै दिन ५५ हजार संक्रमित थपिए

काठमाडौं । कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको ब्राजिलमा यसको क्रम झन् बढ्दै गइरहेको छ । लकडाउनमा छुट् दिएसँगै संक्रमण फैलिने क्रम झन् बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ब्राजिलमा ५५ हजार हजार कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा अमेरिकामा १२ सक्ष् भन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।  

ब्राजिलमा हालसम्म संक्रमितको संख्या ९ लाख ५५ हजार ३७७ पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ब्राजिलमा ४६ हजार ५१० संक्रमितको मृत्यु भइसकेको छ । 

ब्राजिल विश्वमा अमेरिका पछि कोरोनाका कारण सबैभन्दा धेरै संक्रमित र मृत्यु हुने देशको सूचीमा दोस्रो स्थानमा छ ।

ब्राजिलले अघिल्लो हप्ता कोरोना संक्रमित र मृत्यु हुनेको जानकारी दिन बन्द गर्दै स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकरिक वेभसाइटबाट संक्रमित र मृतकको विवरण हटाउँदै अब यसबारे जानकारी नदिने बताएको थियो । 

तर त्यहाँको सर्वोच्च अदालतले हटाएको विवरण तत्काल राख्न र दैनिक संक्रमित र मृतकको विवरण पारदर्शी बनाउन आदेश दिएपछि पुनः विवरण दिन सुरू गरेको थियो । 

विश्व स्वास्थ्य संगठनले पनि ब्राजिलले कोरोना सम्बन्धी जानकारी पारदर्शी रुपमा दिन नचाहेको भन्दै यसमा पारदर्शी हुन आग्रह गरेको थियो । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *