Home / World News / चीन र भारतका सेनाबीच झडप हुँदा कम्तिमा २० सिपाही मारिए

चीन र भारतका सेनाबीच झडप हुँदा कम्तिमा २० सिपाही मारिए

नयाँदिल्ली । चीन र भारतका सेनाबीच झडप हुँदा सेनाका अधिकृत सहित कम्तिमा २० सिपाही मारिएका छन् ।

लद्दाखको गलवान उपत्याकामा दुई देशका सेनाबीझ झडप हुँदा भारतीय सेनाका अधिकृत सहित कम्तिमा २० सिपाही मारिएका हुन ।

 एलओसी क्षेत्रमा पछिल्ला केही महिनादेखि नै यस्ता किसिमका झडप भए पनि पहिलो पटक मृत्यु भएको हो । सुरुमा तीन भारतीय सैनिकको मृत्यु भएको बताइएको थियो ।

भारतीय न्युज एजेन्सी एएनआईका अनुसार २० जना भारतीय सैनिक मारिएका छन् । यस क्रममा केही चिनियाँ सिपाही पनि घाइते भएको बताइएको छ । यद्यपि चिनियाँ सेनाबारे विस्तृतमा विवरण आइसकेको छैन ।

गलवान उपत्याकाको यस क्षेत्रमा दुबै देशका सेनाले आफ्नो भूमि भन्दै ओगट्ने गरेका थिए । यद्यपि दुई साताअघि दुई देशका सेनाबीच यस क्षेत्रलाई शान्त राख्ने विषयमा वार्ता सम्पन्न भएको थियो ।

वार्ता सफल भएको बताइएको दुई सातामै सेनाबीच झडप भएको हो । २०१७ मा पनि चीन र भारतका सेनाबीच दोक्लममा हिंश्रक भीडन्त भएको थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *