Home / Nepal / वसन्त चाैधरीद्वारा कोरोनाविरूद्ध १ कराेड सहयाेग दिने घाेषणा

वसन्त चाैधरीद्वारा कोरोनाविरूद्ध १ कराेड सहयाेग दिने घाेषणा


काठमाडौं, १० चैत । नेपालका धनाढ्य वसन्त चाैधरीले पनि १ कराेड बराबरकाे सहयाेग गर्ने घाेषणा गर्नुभएकाे छ ।

नर्भिक/बसन्त चौधरी फाउन्डेसनले ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराइने घोषणा भन्दै रक्षामन्त्रीकाे ट्विटरमा वसन्त चाैधरीले कमेन्टमार्फत जानकारी दिनुभएकाे छ ।

उहाँले भन्नुभएकाे छ, ‘कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको “करोना कोष” मा नर्भिक / बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोग स्वरूप ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज़ उपलब्ध गराइने घोषणा गर्दछौं ।’

यस अघि, मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले कोरोनाविरूद्ध लड्न ५० करोडको कोष घोषणा गरेको थियाे ।

जसमा मन्त्रीहरूबाट एक महिनाको पारिश्रमिक योगदान दिने काेराेना राेकथाम समन्वय समतिका संयाेजक तथा रक्षामन्त्री ईश्वर पाेखरेलले जानकारी दिनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *