Home / Nepal / विदेशबाट फर्केका नागरिकको अभिलेख वडास्तरमै राख्न सबै स्थानीय तहलाई निर्देशन

विदेशबाट फर्केका नागरिकको अभिलेख वडास्तरमै राख्न सबै स्थानीय तहलाई निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि विदेशबाट फर्केका नागरिकको अभिलेख वडास्तरमै राख्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

साथै, मन्त्रालयले विदेशबाट फर्किएका नागरिकको अभिलेख मन्त्रालयमा दैनिक पठाउन निर्देशन जारी गरेको छ ।

मन्त्रालयले कोरोनाबाट बच्न उच्च सतर्कता अपनाउन सबै स्थानीय तहलाई निर्देशन दिँदै जनताको नजिकको सरकारका रूपमा रहेको स्थानीय तहलाई आवश्यक समन्वय गर्न आग्रहसमेत गरेको छ ।

मन्त्रालयले आइतबार पत्राचार गर्दै ७५३ वटै स्थानीय तहका छ हजार ७४२ वटै वडामा विदेशबाट फर्किएका नागरिकको निगरानी, रेखदेख र सोको सङ्ख्यात्मक विवरण दैनिक रूपमा मन्त्रालयमा प्रतिवेदन पठाउन सबै प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन गरेको हो ।

कोरोना भाइरस संक्रमण हुन नदिन मन्त्रालयले सामाजिक, सांस्कृतिक कार्यका लागि मठ, मन्दिर, गुम्बा, चर्च, पार्टी प्यालेस लगायतका सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुन नदिन सुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *