Home / Nepal / News / कोरोनाका २७९ संक्रमित थपिए, संक्रमितको संख्या चार हजार ३६४ पुग्यो

कोरोनाका २७९ संक्रमित थपिए, संक्रमितको संख्या चार हजार ३६४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसका २७९ संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर २७९ कोरोना संक्रमित थपिएका छन् । 

जसमा२५७ पुरुष रहेका छन् भने २२ महिला रहेका छन् । 

कुल कोरोना संक्रमितको संख्या चार हजार ३६४ रहेको छ । जसमा ४ हजार ५५ पुरुष रहेका छन् ३०९ जना महिला रहेका छन् । 

पछिल्लो २४ घण्टामा ९० जना कोरोनामुक्त भएका छन् । 

हालसम्म देशभर १ लाख १० हजार ७४४ जनाको पीसीआर परीक्षण गरएको छ भने १ लाख ७२ हजार ८८० जनाको आरडीटी परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *