Home / Society / क्वारेन्टाइनका लागि मान्छे बोकेर हिडेको टिपर कर्णाली नदीमा खस्यो, ३० जना हराएको आशंका

क्वारेन्टाइनका लागि मान्छे बोकेर हिडेको टिपर कर्णाली नदीमा खस्यो, ३० जना हराएको आशंका

काठमाडौं । कालीकोटको जितेबाट रासकोट जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ ।

चारजना घाइतेको उद्धार गरिएको छ । कालीकोटका सहायक सीडीओ युवराज गुरागाइँले ३९ जना यात्रु बोकेको टिपर खसेको जानकारी दिए ।

दुर्घटनास्थलमा तीन जनाको शव भेटिएको छ । करिब ३० भन्दा बढी हराइरहेको प्रारम्भिक जानकारी आएको छ । उनीहरू कर्णाली नदीमा हराएकाे आशंका गरिएकाे छ ।

उद्धारका लागि अहिले नेपाल प्रहरी, नेपाल आर्मीकाे टाेली घटनास्थलतर्फ गएको कालिकाेटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईले बताउनुभयो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *