Home / Nepal / क्वारेन्टिनमा बसेका संक्रमितले साथी बोलाएर रक्सी मगाउन थालेपछि….

क्वारेन्टिनमा बसेका संक्रमितले साथी बोलाएर रक्सी मगाउन थालेपछि….

नवलपरासी । पूर्वी नवलपरासीमा एक कोरोना पोजेटिभको ब्यवहारले समुदायका ६ जनालाई क्वारेन्टीनमा पुर्याएको छ ।


कावासोती नगरपालिका १ जनकल्याण मावि क्वारेन्टिनमा बसेका २१ बर्षे युवाले गाउंकै आफ्नो साथी मार्फत मादक पदार्थ झिकाएर सेवन गर्ने गरेको खुलेको हो ।

सोमबार कोरोना संक्रमण पुष्टि भएका युवाले मोवाईल बाट साथी बोलाएर क्वारेन्टिनमा रक्सी मगाउने र आफूसंग भएको भारतीय रुपैयां पसलेलाई पठाउने गरेका थिए ।

संक्रमित युवाले मापसे गर्ने गरेको सुईको पाएका वडाबासीले मंगलबार जनकल्याण मावि घेराउ गरी सम्पर्कमा आएकाहरुलाई क्वारेन्टिन पठाउन दवाव दिएका थिए ।

वडाबासीको माग बमोजिम रक्सी ओसार्ने साथी सहित स्थानीय ब्यापारीका ५ जनाको परिवारलाई क्वारेन्टिनमा राखिएको वडाध्यक्ष नारायण पन्तले बताउनु भयो ।

कावासोतीका कतिपय वडामा रहेका क्वारेन्टाईनमा निरन्तर सुरक्षाकर्मीको उपस्थिती नपुग्दा क्वारेन्टिनमा मापसे गर्ने तथा भाग्ने क्रम देखिएको स्थानीयहरु बताउछन् ।

यस अघि पनि कावासोती ३ को कुमारी शैक्षिक गुठी अस्पतालबाट भागेका ३ युवालाई प्रहरी र स्थानीयले ब्यापक खोज तलास गरी पुनः क्वारेन्टिन फर्काएका थिए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *