Home / Nepal / News / स्याङ्जामा कोरोनाबाट एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या १४ पुग्यो

स्याङ्जामा कोरोनाबाट एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या १४ पुग्यो

पोखरा । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय अन्तर्गतको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमले दिएको जानकारी अनुसार स्याङ्जाकाे वालिङ नगरपालिकाका ६० वर्षीय पुरुषको मृत्यु भएको हाे ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा आइतबार संक्रमण देखिएपछि उनलाई आइसोलेशनमा लगिएको थियो ।

आइसोलेशनमै उनको मृत्यु भएको सोमबार बिहान गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिएका हुन् ।

नेपालमा अहिलेसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

पोखरामा मृत्यु भएका स्याङ्जाका यी व्यक्ति तेस्रो हुन्, जो जीवितै रहँदा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

अरु ११ जनाको भने मृत्युपछि मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *