Home / Society / सङ्क्रमित नर्स र पत्रकार श्रीमान श्रीमती, दुबै कोरोनालाई जितेर घर फर्किए

सङ्क्रमित नर्स र पत्रकार श्रीमान श्रीमती, दुबै कोरोनालाई जितेर घर फर्किए


नेेेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर आइसोलेसन अस्पतालमा भर्ना हुनुभएका नेपालगञ्जका एक जना नर्स र एक जना पत्रकार निको भएर शनिबार घर फ़र्कनु भएको छ ।


स्वास्थ्य कार्यालय, बाँकेले दिएको जानकारी अनुसार उहाँहरू दुवै श्रीमान श्रीमती रहेको दुई पटक रिपोर्ट नगेटिभ आएपछि शनिबार घर फिर्ता हुुुनुु भएकोहो ।


यसअघि शुक्रबार र बिहीबार गरेर बाँकेका १३ जना सङ्क्रमितहरूले कोरोनालाई जितेर घर फर्किनुभएको थियो । हालसम्म कोरोना जितेर घर फर्किनेको सङ्ख्या बाँकेमा ४३ पुगेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *