Home / Nepal / News / आक्रोशित दरबारमार्ग क्षेत्रका व्यवसायीले आजबाट व्यवसाय सुरु गर्दै

आक्रोशित दरबारमार्ग क्षेत्रका व्यवसायीले आजबाट व्यवसाय सुरु गर्दै

काठमाडाैँ । सरकारले लकडाउनको मोडालिटी तय नगरेको भन्दै आक्रोशित व्यावसायीहरुले राजधानीको दरबारमार्ग क्षेत्रका व्यवसाय आजबाट सुरु गर्ने भएका छन् ।

दरबारमार्ग डेभलपमेन्ट बोर्डको मंगलबार भएको अनौपचारिक छलफलले बुधबारदेखि दरबारमार्ग क्षेत्रको व्यावसाय संचालन गर्ने निर्णय गरेको हो ।

छलफलमा सहभागी एक व्यवसायीका अनुसार बुधबार सबै पसल र व्यवसाय खोलेर सरसफाई गर्ने निर्णय भएको छ ।

बुधबार थप व्यवसायी र कर्मचारीसँग छलफल गरेर आधिकारिक धारणा बनाउने निर्णय समेत भएको जनाइएकाे छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउन ७० दिन पुगेपछि धेरै क्षेत्रमा पसल खोल्न दबाब सुरु भएको छ ।

सरकारले व्यवसायीलाइ कर तिर्न ताेकता गरेकाे तर कुनै हितका प्याकेज नल्याएकाे र व्यापार व्यवसाय गर्न नदिएकाे भन्दै असन्तुष्टि जनाइरहेका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *