काठमाडौं । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ५१६ संक्रमितको मृत्यु भएको छ ।
ब्राजिलमा सबैभन्दा धेरै १ हजार २३२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ भने सोही अवधीमा अमेरिकामा १ हजार १३२ जनाको मृत्यु भएको छ । बेलायतमा ३२४ जनाको ज्यान गएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा २२१, रुसमा १८२, मेक्सिकोमो २३७, फ्रान्समा १०७, इटलीमा २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ ।
हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ८० हजार नाघिसकेको छ ।






