काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या ३ लाख ७७ हजार १ सय ४७ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म ६३ लाख ६१ हजार ९ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ ।
विश्वभरबाट २८ लाख ९९ हजार ७२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
सबै भन्दा धेरै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९) बाट ज्यान गुमाउनेको संख्या १ लाख ६ हजार ९ सय २१ छ भने
कुल संक्रमितको संख्या १८ लाख ५८ हजार ७ सय ५१ पुगेको छ । २४ घन्टामा २१ हजार ६ सय २१ जना नयाँ सन्क्रमित थपिएका छन ।
यसैगरी नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट ज्यान गुमाउनेको संख्या ८ छ । कुल संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ । त्यस्तै नयाँ २ सय ३९ जना सन्क्रमितहरु थपिएका छन ।





