Home / Nepal / प्रदेश २ को नामः मध्य मधेश राख्नुपर्ने प्रस्ताव बहुमतले अस्वीकृत

प्रदेश २ को नामः मध्य मधेश राख्नुपर्ने प्रस्ताव बहुमतले अस्वीकृत

कांग्रेसले दर्ता गराएको राजधानीको नाम मध्य मधेश राख्नुपर्ने प्रस्तावपनि बहुमतले अस्वीकृत भएको छ । कांग्रेस सांसद रावजेश्वर प्रसाद शाहले दर्ता गराएको प्रस्ताव बहुमतले अस्वीकार गरेको हो ।

सो प्रस्तावको पक्षमा ४२ मत परेको छ भने विपक्षमा ६५ मत परेको छ ।

प्रदेश २ को नाम र राजधानी तय गर्नेसम्वन्धि जारी मतदानमा नेकपाले राखेको जानकी प्रदेश र कांग्रेसले मिथिला– भोजपुरा नाम पनि बहुमतले अस्वीकृत भएका छन् ।

दुवै प्रस्तामा पार्टीका सांसदको मात्र मत खसेको छ । नेकपाको प्रस्तावमा ३७ मत परेको छ भने कांग्रेसको २८ मत मात्र खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *