Home / World News / रुसमा कोरोना संक्रमणबाट एकदिनमा मृत्यु हुनेको संख्या अहिलसम्मकै उच्च

रुसमा कोरोना संक्रमणबाट एकदिनमा मृत्यु हुनेको संख्या अहिलसम्मकै उच्च

मस्को । रुसमा नोभेल कोरोना भाइरसको संक्रमणबाट एकदिनमा मृत्यु हुनेको संख्या अहिलसम्मकै उच्च रहेको जनाइएको छ । 

पछिल्लो चौबीस घण्टामा रुसमा २३२ कोरोना संक्रमितको मृत्यु भएको छ । रुसमा हालसम्म कोरोना संक्रमणबट मृत्यु हुनेको संख्या चार हजार ३७४ पुगेको छ । 

रुसी कोरोना रोकथाम केन्द्रका अनुसार पछिल्लो चौबीस घण्टामा ८ हजार ५७२ कोरोना संक्रमित थपिएका छन् । 

हालसम्म रुसमा कोरोना संक्रमितको संख्या तीन लाख ८७ हजार ६२३ पुगेको छ ।

यो संख्या विश्वमै अहिलेसम्मको तेस्रो ठूलो संख्या हो । सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा छन् भने दुई नम्बरमा ब्राजिल छ । –अलजजिरा 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *