Home / World News / ट्‍विटरले हिंसालाई बढावा दिएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्‍विट हाइड

ट्‍विटरले हिंसालाई बढावा दिएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्‍विट हाइड

वासिङ्टन । ट्‍विटरले हिंसालाई बढावा दिएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्‍विट नदेखिने बनाइदिएको छ । उक्त ट्‍विट डिलिट नगरी हिंसालाई बढावा दिएर ट्‍विटरको नियम उल्लंघन गरेको चेतावनीसमेत राखिदिएको छ । 

https://twitter.com/TwitterComms/status/1266267446979129345?s=19

उक्त चेतावनीमा भनिएको छ, “ट्‍विटरले यो निर्धारण गरेको छ कि यो ट्‍विट पहुँचयोग्य रहन जनताको हितमा हुन सक्छ ।” ट्‍विटर र ह्‍वाइट हाउसबीचको यो पछिल्लो विवाद हो । राष्ट्रपति ट्रम्पले अमेरकी सहर मिनियापोलिसमा प्रहरी हिरासतमा एक काला जातिको मृत्यु भएपछि गरिएको प्रदशर्नबारे ट्‍विट गरेका थिए । 

राष्ट्रपति ट्रम्पले आफूले ‘नेसनल राष्ट्रिय सुरक्षा गार्ड पठाउने’ र त्यहाँ अराजक भए गोली चलाउने चेतावनी दिएका थिए । 

ट्‍विटरले यसअघि ट्रम्पले गर्ने ट्‍विटमा सो विषयको तथ्य-जाँच राखेको थियो ।  सो तथ्य-जाँचमा ट्रम्पले दाबी गरेअनुसार सम्बन्धित विषयको वास्तविकता प्रस्तुत गर्छ । ट्रम्पले नेपाली समयअनुसार मंगलबार बेलुका गरेको ट्‍विटमा पहिलोपटक ट्‍विटरले तथ्य-जाँच प्रस्तुत गरेको हो । –बीबीसी 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *