Home / Nepal / नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या १९ पुग्यो

नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या १९ पुग्यो

काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ । पछिल्लो समय प्रहरीमा लगातार संक्रमितको संख्या थपिँदै जान थालेको हो ।

बुधबारसम्म १७ रहेकोमा बिहीबार बिहान सिराहामा थप २ जनामा संक्रमण देखिएको प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले जानकारी दिए ।

यसअघि बारामा ७, धनकुटामा २, काठमाडौंमा २, धनुषामा २, कपिलवस्तुमा २ र बाँकेमा १ र धनुषामा १ गरी १७ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । संक्रमित सबै प्रहरीलाई आइसोलेसनमा राखिएको प्रवक्ता शाहीले बताए ।

फ्रन्टलाइनमा खटिने नेपाल प्रहरीमा जोखिम देखिनु सामान्य भएको र आफूहरु जस्तोसुकै अवस्थामा पनि कर्तव्यबाट पछि नहट्ने प्रवक्ता शाहीको भनाइ छ ।

सामूहिक रुपमा काम गर्ने सुरक्षा निकायकै व्यक्तिमाथि कोरोना देखिएपछि सम्भव भएसम्म उच्च स्वास्थ्य सतर्कता अपनाएको शाही बताउँछन् ।

यस्तै कालीमाटीका २३१ प्रहरीको आरडीटी परीक्षणको नतिजा आउन बाँकी छ ।

आइतबार कालीमाटी क्षेत्रका २३१ प्रहरीको आरडीटी परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

तर, उनीहरुको नतिजा आइनसकेको शाहीले बताए । कालीमाटी वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि वृत सिल गरिएको छ ।

संक्रमितको सम्पर्कमा आएका सबै प्रहरी कार्यालयमै क्‍वारेन्टाइनमा छन् ।

उनीहरुको आरडीटी रिपोर्ट सार्वजनिक भएपछि मात्रै ड्युटीमा परिचालन गर्ने वा नगर्ने भन्नेबारे टुङ्गो लाग्‍नेछ । कालीमाटी क्षेत्रको सुरक्षा जिम्मेवारी अन्य प्रहरी युनिटले गर्दै आएका छन् । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *