Home / Nepal / देशभर मकै बाली फौजी किराले सखाप पार्न थाल्यो, स्याङ्जामा औषधि वितरण गर्ने तयारी

देशभर मकै बाली फौजी किराले सखाप पार्न थाल्यो, स्याङ्जामा औषधि वितरण गर्ने तयारी



हिमाल न्यौपाने

स्याङ्जा । गल्याङ नगरपालिका भित्रका कृषकका मकैमा देखिएको फैजी किराले कृषकलाई चिन्तित बनाएको छ । गतवर्ष देखि देखा परेको सरुवा रोग यसबर्ष पनि अधिकांश कृषकको मकै खेतिमा देखापरेको छ ।

पुतलीको माध्यमबाट सजिलै सर्नसक्ने यो रोगको प्रकोप बढेसंगै यहाँका कृषक बिषादि छर्नमा ब्यस्त भएका छन् । यति धेरै दुख गरेर लगाएको खेतीनै किराले नष्टगर्न थालेपछि औसधि छर्न थालेको गल्याङ नगरपालिका तीनका माधव भण्डारीले बताए ।

औषधीको अभाव हुँदा पुरै मकैमा छर्न नपाएको उनको गुनासो थियो । त्यसै तीन नम्बर वडाकै अर्का कृषक श्यामसुन्दर बस्यालले पनि यस्तै रोग फैलिदै गए खेती घर भित्र्याउन नपाउने भन्दै मकैमा औसधि छरेको बताए ।

करिब आठ रोपनी जग्गामा भएको मकै खेतिमा सबैमा देखिएको हुँदा बाध्यभएर यस्तो गर्नुपरेको उहाँको भनाइ थियो

औसधि छर्केको दुई दिनसम्म पनि रोग निवारण नहुदा चिन्ता बढेको अर्का कृषक विष्णु बस्यालको भनाइ छ ।


उक्त किराले पहिलो चरणमा पात खाने र दोस्रो चरणमा गुभो खाएर मकै नष्ट पार्ने भएको हुँदा बेलैमा सजक हुन कृषकलाई गल्याङ नगरपालिका कृषि शाखाका प्रमुख शिब ढकालको सुझाव छ ।

एक मकैबाट अर्को मकैमा सजिलै सर्ने हुँदा सुरु हुन साथ यसको रोकथाम तिर लाग्न उनको सुझाव छ ।

https://www.youtube.com/watch?v=Jlg2Esj7vnc

किरा लाग्न साथ एक दुई बोटमा मात्रै भए हातले मिचेर निवारण गर्न सकिने र अलि बढी भए खरानी र बालुवा मिलाएर गुभामा छर्ने र त्यो भन्दा धेरै भए निम जन्य बिषादी प्रयोग गरेर निवारण गर्न सकिने छ अन्तिममा रासायनिक बिषादि प्रयोग गरेर भएपनि यसको निवारण गर्नुपर्ने ढकालको सुझाव छ ।

गतबर्ष गल्याङ नगरपालिकाको बेलचौर ,जिमुवा,टेक्रे लगायतका ठाउँमा करिब ३,४४० रोपनीमा देखा परि नियन्त्रण गरिएको र यस बर्ष पालिका धेरै ठाउँमा देखा परेको उहाँको भनाइ थियो ।

रातिमा सक्रिय हुने यो किरा सबै सिजनमा हुने मकैमा देखा पर्ने ढकालले जानकारी दिए । हाल लकडाउनको समय भएको हुँदा बजारमा प्राप्त औसधि नभएपनी दुई तीन भित्रमा सबै क्षेत्रमा फौजी किरा निवारणको लागि औसधि पुर्याउने लक्ष्य लिएको प्रमुख ढकालले जानकारी दिए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *