Home / Nepal / धानको बीउ र बेर्ना कसरी राख्ने ? ब्याड बनाउदा के के कुरा मा ध्यान दिने ? (लेख)

धानको बीउ र बेर्ना कसरी राख्ने ? ब्याड बनाउदा के के कुरा मा ध्यान दिने ? (लेख)

रेनुका कार्की


धान विश्वको एक प्रमुख अन्न बाली हो । वैज्ञानिक नाम ओरिजा सेटिभाले परिचित यो वनस्पति वैदिक साहित्य एवं पुरातात्विक उत्खननमा धान सबैभन्दा पुरानो उत्पादित बालीमध्ये एक भएको प्रमाण पाइएको छ ।

हजारौं वर्ष अघिदेखि नै भारत र चीनमा यसको खेती गरिन्थ्यो । धानअन्तर्गत विश्वको करिब ९० प्रतिशत क्षेत्र एसियामा पर्दछ अनि विश्वको लगभग ९० प्रतिशत धान एसियामै उत्पादन र खपत गरिन्छ ।

https://www.youtube.com/watch?v=8hG_YcIvMjE

संसारभरि १५० मिलियनभन्दा धेरै इलाकामा धानको उब्जाउ गरिन्छ । भारत र चीन दुवैले एकसाथ विश्वको लगभग आधा धान इलाका ओगटेका छन् अनि ६० प्रतिशतभन्दा धेरै मानिसहरू चामल खान्छन् ।

चामल एसियाको एक प्रमुख खाद्य पदार्थ हो । यति महत्वपुर्ण बालीको उत्पादन र उत्पादकत्व वृद्धिका लागि बिउ छनौट र ब्याड व्यावस्थापनको मुख्य भुमीका हुन्छ यस लेखमा यहि कुरालाई प्रस्तुत गरीएको छ

ब्याड व्यवस्थापन


नर्सरी भन्ने बितिकै के बुझिन्छ भनेकुनै पनि बिउलाइ बिशेष हेरचाहा, स्याहारसुसार दिई दैनिक निगरानीमा राखी स्वास्थ बिरुवाको उत्पादन गर्नु हो जसले बिरुवाको पुरै जीवन चक्र अबधी सम्म सरल र सजिलो तरिकाले उत्पादन लिन सकियोस भनेर नसरी लाखिने गरिन्छ।

राम्रो उत्पादानकोलागि नर्सरी व्यवस्थापन गर्नु निकै नै आवस्यक छ। नर्सरीका लागि सर्बोत्कृस्ट र सबैभन्दा प्रख्यात जात छान्नु पर्दछ।

नर्सरी ब्याडको लागि भरपर्दो सिंचाइको स्रोत भएको, पानीको राम्रो निकास भएको तथा पारिलो ठाँउ छनोट गर्नु पर्दछ।

धानको नर्सरी ब्याडका तरिकाहरु
धुले ब्याडको तयारी


५० के जी विउ ५०० वर्ग मिटरमा जमाउदा यसले १ हेक्टरमा रोपाइ गर्न पुग्दछ । धुले ब्याड बिशेष गरेर पानी कम भएको ठाउमा गरिन्छ । धुले ब्याड भएको ठाउमा मरुवा रोगको प्रकोप लाग्ने सम्भावना धेरै हुन्छ । यो विशेष गरेर पाहाडि क्षेत्रमा गरिन्छ ।

हिले ब्याडको तयारी

एक एकर धान रोपाइँको लागि आवश्यक स्वस्थ र दरिला बेर्ना उत्पादन गर्न ३००(४०० स्क्वायर मिटर छेत्रफलको ब्याड पर्याप्त हुन्छ।

ब्याडको तयारीका लागि पहिला जमिनलाइ राम्ररी जोत्न जरुरी छ। त्यसपछि ब्याड राख्नुभन्दा कम्तिमा २५(३० दिन अघि २ कुइन्टल गोबरमल वा कम्पोस्टमल हालेर जोताइसङै माटोमा मिसाउने अनि जमिनलाइ प्याडी पडलरको मदतले हिलाम्य बनाउने।

उक्त जमिनमा १(२ वटा १५ से।मि अग्लो र १ मि। लामो ब्याड बनाउने र त्यस बीच ३० से।मि। निकास च्यानल बनाउने।

विउ छनौट


यसको लागि ३ लिटर पानी लिने ५०० देखि ६०० गा्रम नुन लिने १ किलो ग्राम जति धान लिने । यसलाइ एकै छिन चलाउने र १ मिनेट जति विउलाइ तैरिन दिने ।

तैरिएको विउलाइ अलग अलग गरि झिकेर छुटटै राख्ने बाकी विउलाइ त्यसरी नै सोहि नुन पानीको घोल प्रयोग गर्दै छुट्याउने ।

थिग्रिएको विउमा विभिन्न रोगहरु जस्तै ब्लास्ट,खैरो थोप्ले ,फेद कुहिने ,डढुवा दागि दाना आदि ४० देखि ६० प्रतिशतले कम हुन्छ ।

मौसम : धान यो तातो हावापानी र धेरै सापेक्षित आद्रता भएको ठाउमा हुने बाली हो । धान खेतीको लागि २०—३० डि।से को तापक्रमा आवश्यक पर्दछ भने ८०–९० ५ सापेक्षित आद्रता आवश्यकता पर्दछ ।


माटो : धान बालीलाइ उपयुक्त माटो भनेको चिम्टाइलो माटो हो । यसको लागि पि ए च ५ देखि ६ं।५ भएको माटो उपयुक्त हुन्छ ।

बीउ उपचार

छर्नु अघि भाडामा बीउ भिजाएर राम्रोसँग चलाउने र पानीमाथि उब्रेका सबै दानाहरु हटाउने र बाकी दानालाइ मात्र बिउको रुपमा प्रयोग गर्ने।

आफ्नो बीउ प्रयोग गरिएको छ भने १।५(२ के।जि नुन प्रति १० लि। पानीमा भिजाउने। छर्नका लागि उम्रेको बिउको प्रयोग गर्नुपर्छ। त्यसका लागि बेभिस्टिन २ ग्रा। प्रति केजि वा साफ ३ ग्रा। प्रति केजी बिउ १ लिटर पानीको दरले बनाइएको घोलमा रातभर भिजाउने अनि जुटको बोरामा राखेर इन्कुबेट गर्ने। टुसाको लम्बाइ ७(८ मि।मि भन्दा धेरै हुनु हुँदैन।

बीउ दर र बीउ छर्ने तरिका

बीउ दर उन्नत जातको लागि १०(१६ केजी प्रति कठ्ठा र हाइबृडको लागि २(६ केजी प्रति कठ्ठा उपयुक्त हुन्छ। उम्रेको बिउलाइ हिलोमा टासिने गरि हल्का बल गरेर सबैतिर फैलने गरि राम्रोसँग छर्ने।

बेर्नाको उमेर

लामो अवधि जातहरुका लागि ३०(३५ दिनको बेर्नासार्नेमध्यम अवधि जातहरका लागि २५(३० दिनको बेर्नासार्नेछोटो अवधि जातहरुका लागि २०(२५ दिनको बेर्नासार्नेयदि अवस्था राम्रो छ भने कलिलो बेर्ना रोप्न सकिन्छ।डुबानको समस्या भएको ठाउँमा अलि छिप्पिएको बेर्ना प्रयोग गर्नु पर्दछ।

मलखाद व्यवस्थापन

बीउ छर्नु भन्दा पहिले ४ केजी , २।४ केजी पोटास र १ केजी जिन्क सल्फेट माटोमा मिसाउने। बीउ छरेको १३(१५ दिनपछि २।८ केजी युरिया छर्ने। यदि आइरनको कमि देखापरेमा ०।५५ फेरस सल्फेट प्रयोग गर्न सकिन्छ।

झारपात नियन्त्रण

झारपात नियन्त्रणका लागि सोफित ६० ग्रा प्रति कठ्ठाको दरले ५(६ केजी बालुवामा मिसाइ छरेको १(३ दिन भित्रमा ब्यडमा पानी जमेको अवस्थामा छर्नुपर्दछ।

सिंचाई

कलिलो बेर्नालाइ दिउँसोको चर्को घामबाट बचाउन नर्सरीमा दिउसोपख पानी जम्न दिनुहुँदैन । त्य्सैले सिचाइ हल्का रुपमा बेलुकापख गर्नुपर्दछ।

लेखक, कार्की कृषि अध्ययनरत हुनुहुन्छ,

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *