Home / World News / विश्वभर पछिल्लो २४ घण्टामा ९४ हजार ७५१ कोरोना संक्रमित थपिए

विश्वभर पछिल्लो २४ घण्टामा ९४ हजार ७५१ कोरोना संक्रमित थपिए

काठमाडौं । विश्वभरमा पछिल्लो २४ घण्टामा ९४ हजार ७५१ कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै अमेरिकामा २० हजार २८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

ब्राजिलमा १६ हजार ५१७, रुसमा ९ हजार २६३, भारतमा ६ हजार १४७, पेरुमा ४ हजार ५५०, बेलायतमा २ हजार ४१२ कोरोना संक्रमित २४ घण्टामा थपिएका छन् । 

हालसम्म विश्वमा ४९ लाख ८२ हजार ३१५ जनामा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये १९ लाख ५८ हजार ३२५ जना निको भइसकेका छन् । 

२६ लाख ९९ हजार ४८२ संक्रमितको उपचार भइरहेको छ । यसमध्ये २६ लाख ५४ हजार ४२ को स्वास्थ्य अवस्था मध्यम रहेको छ भने ४५ हजार ४४० को अवस्था गम्भीर रहेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *