Home / Nepal / News / नेपालमा आमाबुबा बितेको खबर, आउन नदिएपछि क्वारेन्टाइनमै किरिया

नेपालमा आमाबुबा बितेको खबर, आउन नदिएपछि क्वारेन्टाइनमै किरिया

बैतडीलकडाउनका कारण नाका बन्द हुँदा गएको ५ दिनदेखि बैतडीका ४ जना भारतमै किरिया गर्न बाध्य भएका छन् ।


बैतडीको सुर्नया गाउँपालिका–३ का राजेन्द्रप्रसाद भट्ट र तारा भट्टका बुबा देवदत्त भट्टको गत वैशाख ३१ गते स्वर्गारोहण भएको थियो ।

भारतमा मजदुरी गर्दै आएका उनीहरू दुवै जना नाका बन्द हुँदा भारतको झुलाघाटमै किरिया गर्न बाध्य भएका छन् ।

यस्तै पुर्चौडी नगरपालिका–७ का ठगी साउदकी आमा भुरी साउदको पनि यही जेठ १ गते मृत्यु भएको भए पनि नाका सिल हुँदा ठगी झुलाघाटमै किरिया गरिरहेका छन् ।

यसका साथै सिगास गाउँपालिका–९ का कृष्णसिंह धामीकी श्रीमती कलावती धामी गत वैशाख ३० गते बितेकी भए पनि कृष्णले पनि स्वदेश फर्कन पाएका छैनन् ।

उनीहरूले आफूहरूलाई स्वदेश फिर्ताका लागि सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।

उनीहरूले झुलाघाटस्थित जीआईसी क्वारेन्टाइनमा किरिया गरिरहेका भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिनुभयो ।

यता बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने उनीहरूलाई नेपालको तर्फबाट आफूहरू स्वदेश भित्र्याउन तयार रहेको बताउनुभएको छ । ‘नेपाल सरकारबाट किरियापुत्रीको उद्धारका लागि आदेश आएको भए पनि भारतीय पक्षले ढिलाइ गरिरहेको छ’,

उहाँले भन्नुभयो– ‘हामीले पिथौरागढको डीएम साबलाई ४ दिन अगाडि नै पत्र काटिसकेका छौं, भारतीय पक्ष सहमत हुँदा नाका खोली उनीहरूलाई स्वदेश भित्र्याउँछौं ।’

यसअघि लकडाउनकै बेला वैशाख १० गते पनि बैतडीका ३ किरियापुत्रीको झुलाघाट नाकाबाट उद्धार गरिएको थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *