Home / World News / भारतमा एकै दिन पाँच हजारभन्दा बढी कोरोना भाइरस संक्रमित

भारतमा एकै दिन पाँच हजारभन्दा बढी कोरोना भाइरस संक्रमित

नयाँदिल्ली । भारतमा एकै दिन पाँच हजारभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएका छन् । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयले विगत चौबीस घण्टामा पाँच हजार २४२ नयाँ कोरोना संक्रमित देखिएको पुष्टि गरेको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ९६ हजार १६९ पुगेको छ । 

बीबीसीका अनुसार भारतमा एकै दिनमा कोरोना संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

 स्वास्थ्य मन्त्रालयले बितेको चौबीस घण्टामा कोरोना भाइरस संक्रमित एक सय ५७ जनाको मृत्यु भएको जनाएको छ । 

भारतमा अहिलेसम्म तीन हजार २९ जना संक्रमितको मृत्यु भइसकेको छ ।  संक्रमितमध्ये भारतमा ३६ हजार ८२३ जना उपचारपछि घर फर्किएका छन् । 

राज्यको स्थिति
महाराष्ट्र – ३३ हजार ५३ संक्रमित, एक हजार १९८ को मृत्यु 
गुजरात – ११ हजार ३७९ संक्रमित, ६ सय ५९ को मृत्यु 
तमिलनाडु – ११ हजार २२४ संक्रमित, ७८ को मृत्यु 
दिल्ली – १० हजार ५४ संक्रमित, एक सय ६० को मृत्यु
राजस्थान – पाँच हजार २०२ संक्रमित, एक सय ३१ को मृत्यु 

बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *