Home / Nepal / News / कलैयामा कार्यरत एक प्रहरी जवानमा कोरोना संक्रमणको पुष्टि

कलैयामा कार्यरत एक प्रहरी जवानमा कोरोना संक्रमणको पुष्टि

बारा । जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा कार्यरत एक प्रहरी जवानमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यलय बाराको मुद्दा फाँटमा कार्यरत प्रहरीलाई कोरोना परीक्षण गर्दा कोरोनाको संक्रमण पुष्टि भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।

फाँटका दुईजना प्रहरीको स्वाब परीक्षण गर्दा एकजनामा शनिवार पोजेटिभ रिपोर्ट आएको हो ।

संक्रमित प्रहरी जवानलाई जिल्ला अस्पताल कलैया लैजाने तयारी भइरहेको प्रजिअ पण्डितले बताउनुभयो ।

ती जवानलाई ज्वरो आएकाले वीरगञ्ज गएर कोरोना परीक्षण गरिएको थियो ।

संक्रमित देखिएपछि जिल्ला प्रहरी कार्यालयलाई सेनिटाइज गर्ने काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *